बिहीबार सुनको मूल्यमा गिरावट, चाँदी भने बढ्यो

३ बर्ष अगाडि

काठमाडौं, आज बिहीबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ भने चाँदीको मूल्य भने बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको छ। योसँगै सुनको मूल्य प्रतितोला ९२ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९२ हजार रुपैयाँ कायम भएको छ। 

हिजो बुधबार पनि सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको थियो। यो दिन सुन प्रतितोला  ९२ हजार ८०० रुपैयाँ र तेजाबी सुन ९२ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले बढेर १ हजार १८० रुपैयाँ कायम भएको छ। हिजो तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार १७५ रुपैयाँमा किनबेच भएको थियो। 

३ बर्ष अगाडि

प्रतिक्रिया