एजेन्सी - अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बिहीबार फेरि उकालो लागेको छ ।
लगातार घटिरहेको कच्चा तेलको भाउ आज प्रारम्भिक कारोबारमा उकालो लागेको हो । विश्वकै ठूलो अर्थतन्त्रमा तेलको आपूर्तिमा आउन सक्ने अवरोध र रेलवे सेवा बन्द हुने डरबीच कच्चा तेलको भाउ उकालो लागेको विश्लेषकहरु बताउँछन् ।
अन्तर्राष्ट्रिय बजारमा बिहीबार प्रारम्भिक कारोबारमा ब्रेन्ट कच्चा तेल ३८ सेन्ट बढेर प्रतिब्यारेल ९४.४८ डलर पुगेको छ । अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट (डब्ल्यूटीआई) ४६ सेन्टले बढेर ८८.९४ डलर प्रतिब्यारेल पुगेको छ ।
प्रतिक्रिया