ओरालो लाग्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

३ बर्ष अगाडि

काठमाडौं - आज बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । 

हिजो मंगलबार प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज बुधबार प्रतितोला ९२ हजार ८०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।

हिजो मंगलबारको तुलनामा आज बुधबार सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले घटेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ३०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पति घटेको छ ।

हिजो मंगलबार प्रतितोला १ हजार १८५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार १७५ रुपैयँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया