मंगलबार सुनको मूल्यमा सामान्य गिरावट,चाँदीको भने बढ्यो

३ बर्ष अगाडि

काठमाडौं, नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदीको मूल्य भने बढेको छ ।   

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको हो। योसँगै सुनको मूल्य प्रतितोला ९३ हजार ५०० रुपैयाँ कायम भएको छ । 

यस्तै तेजाबी सुनको मूल्य आज  ९३ हजार रुपैयाँ कायम भएको हो ।  

हिजो सोमबार पनि सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेर १ हजार १८५ रुपैयाँ कायम भएको छ। हिजो मूल्य स्थिर रहँदै चाँदी १ हजार १५० रुपैयाँमा कारोबार भएको थियो। 
 

३ बर्ष अगाडि

प्रतिक्रिया