आज नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

३ बर्ष अगाडि

काठमाडौं - आज आइतबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । 

गत शुक्रबार प्रतितोला ९३ हजार ९०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज आइतबार प्रतितोला सोही मूल्यमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।

महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ४०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि स्थिर रहेको छ ।

गत शुक्रबार प्रतितोला १ हजार १५० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि प्रतितोला सोही मूल्यमा कारोबार हुने महासङ्घले जनाएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया