कच्चा तेलको मूल्यमा पुनः बढ्न थाल्यो, कति पुग्यो

३ बर्ष अगाडि

एजेन्सी - कच्चा तेलको मूल्यमा पुनः बढ्न थालेको छ । 

गत साता चाहिँ कच्चा तेलको मूल्यमा गिरावट आएको थियो । तर, यो साताको सुरुवातमै मूल्य उछालको गतिमा बढ्न थालेको हो । 

शुक्रबार कच्चा तेलको मूल्य एकैदिन उच्च अंकले बढ्यो । यो क्रममा ब्रेन्ट क्रूडको मूल्य एकैदिन ४।१४ प्रतिशतले बढेर प्रतिब्यारेल ९२.८४ डलरको उचाईमा पुगेको छ । 

यस्तै, डब्ल्यूटीआई क्रूडको मूल्य समेत बढेर  ८६.७९ डलर प्रतिब्यारेलको कारोबार हुन थालेको छ । डब्ल्यूटीआई क्रूडको मूल्य पनि एकैदिन ३।२५ प्रतिशतले बढेको हो । 

यस्तै, यो बीचमा कच्चा तेल उत्पादक देशहरुको साझा संगठन ओपेकले दैनिक तेल उत्पादनमा केही कटौति गर्दै मूल्यलाई धेरै तल झर्न नदिने रणनीति लिएको थियो । ओपेक देशहरुले कच्चा तेलको मूल्य भरसक ९० डलर प्रतिब्यारेलदेखि तल नजाओस् भन्ने चाहेका छन् । 

यसकारण समेत आगामी दिनमा यसअघि कतिपय विश्लेषकले अनुमान गरेजस्तो कच्चा तेलको मूल्य धेरै तल झर्नसक्ने सम्भावना नदेखिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । 

३ बर्ष अगाडि

प्रतिक्रिया