निजी क्षेत्रद्वारा प्रवर्द्धित परियोजनामा लगानि बढाउन एसियाली विकास बैंकलाई ढकालको आग्रह

३ बर्ष अगाडि

काठमाडौं - नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रद्वारा प्रवर्द्धित ठूला पूर्वाधार परियोजनामा लगानि बढाउन एसियाली विकास बैंक ९एडीबी०लाई आग्रह गरेका छन् । 

राजधानीमा शुक्रबार एडीबीका उपाध्यक्ष अशोक लाभासासँगको भेटमा ढकालले यस्तो आग्रह गरेका हुन् । ग्लोबल आइएमई बैंकका अध्यक्षसमेत रहेका ढकालले निजी क्षेत्रसँगको सहकार्यमा निजी क्षेत्रद्वारा प्रवर्द्धित पूर्वाधार विकासका ठूलठूला परियोजनामा एडीबीलाई लगानीका लागि आग्रह गरे ।

‘निजी क्षेत्रद्वारा प्रवर्द्धित ठूलठूला पूर्वाधारका परियोजनामा लगानीको प्रशस्त सम्भावना छन्’, उनले भने, ‘स्रोतको अभावमा नेपालको निजी क्षेत्रले ठूलठूला पर्यटन, जलविद्युत, सडक, होटेललगायतका पूर्वाधारमा लगानी गर्न सकेको छैन । यस क्षेत्रमा एडीबीले लगानी विस्तार गर्नुपर्यो ।’

ढकालले नेपालको बैंकिङ क्षेत्र लगानीयोग्य पुँजीको अभावबाट गुज्रिरहेको बताउँदै यसको समाधानका लागि पनि एडीबीको सहयोग आवश्यक रहेको बताए । 

३ बर्ष अगाडि

प्रतिक्रिया