करका दर संशोधन

३ बर्ष अगाडि

काठमाडौं, चालू आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत हेरफेर गरिएका विवादित करका दर संशोधन गरिएको छ ।

बुधवार सम्पन्न मन्त्रिपरिषद् बैठकले अर्थमन्त्री जनार्दन शर्माको प्रस्तावमा विवादित करका दर संशोधन गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्ले सेनेटरी प्याड, जीआई वायर र खानेतेलको भन्सार दर संशोधन गरेको हो ।

सरकारले सेनेटेरी प्याड आयातमा लाग्दै आएको भन्सारमा ९० प्रतिशत छूट दिने निर्णय गरेको थियो ।

चालु आर्थिक वर्षको बजेटमार्फत एमएस वायर उद्योगमा नेपाल सरकारले पेश गरेको आर्थिक विधेयक २०७९ मार्फत फलामे डण्डीको कच्चा पदार्थ स्पञ्ज आईरनको आयातमा भन्सार महशुल १ प्रतिशत मात्र कायम गरि अन्तःशुल्क पूर्ण छुट गरेको छ भने बिलेट्स आयातमा ४.७५ प्रतिशत भन्सार दर कायम गरि भन्सार बिन्दु मै२,५०० रुपैयाँ लाग्दै आएको अन्तःशुल्क लाई बढाइएको  थियो । 

अर्थमन्त्री शर्माले हाल यो शुल्क ३,५०० रुपैयाँ प्रति मे.टन कायम गरेका थिए । 

त्यस्तै एकै प्रकृतीका वायर उद्योगको कच्चा पदार्थ एम एस वायरमा साविक ५ प्रतिशत भन्सार महशुललाई वृद्धि गरि १० प्रतिशत पु¥याईएको भन्दै उद्योगीहरु सडक आन्दोलनमा नै  उत्रेका थिए । त्यस्तै, भन्सार बिन्दु मै लगाईदै आएको  २,५०० रुपैयाँ प्रति मेटनको अन्तःशुल्कलाई समेत वृद्धि गरि  ४५०० रुपैयाँ प्रति मे.टन पु¥याईएको छ ।

 

३ बर्ष अगाडि

प्रतिक्रिया