भारतले कानिका निर्यातमा लगायो रोक, चामल निर्यातमा २० प्रतिशत भन्सार शुल्क लाग्ने

३ बर्ष अगाडि

एजेन्सी - भारतले गैरबासमती चामलको निर्यातमा २० प्रतिशत भन्सार शुल्क लगाउने निर्णय गरेको छ । योसँगै भारतले घरेलु बजारमा उपलब्धता बढाउने उद्देश्यसहित कनिका निर्यातमा पनि रोक लगाउने निर्णय गरेको छ । 

विदेशी व्यापार महानदेशालय ९डीजीएफटी० ने बिहीबार जारी गरेको अधिसूचनामा भनिएको छ, ‘कनिको निर्यातको श्रेणीको ‘मुक्त’ से ‘प्रतिबन्धित’मा संशोधित गरिएको छ । यो अधिसूचना शुक्रबार ९सेप्टेम्बर ९० बाट लागू हुनेछ ।’

यसको अर्थ आजबाट भारतले कनिकाको निर्यातमा रोक लगाएको छ । संस्थागत नीतिको सम्बन्धमा विदेशी व्यापार नीति २०१५–२०२० का आधारमा यो अधिसूचना लागू हुने छैन । 

भारत सरकारले सेप्टेम्बर १५ पछि भने कनिकाको केही खेप निर्यातका लागि अनुमति भने दिनेछ । भारतले गैरबासमती चामलमा २० प्रतिशत निर्यात शुल्क लगाउने निर्णय गरेको छ । भारतमा चामल उत्पादन घटेसँगै घरेलु बजारमा उपलब्ध गराउन भारत सरकारले यो कदम उठाएको हो ।

राजस्व विभागको बिहीबार जारी गरेको अधिसूचनामा धानका रुपमा चामल र ब्राउन राइसमा २० प्रतिशत निर्यात शुल्क लगाइएको छ । यो निर्यात शुल्क आज सेप्टेम्बर ९ बाट लागू हुनेछ । 

३ बर्ष अगाडि

प्रतिक्रिया