अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य कति छ ?

३ बर्ष अगाडि

एजेन्सी - अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा तीव्र उतारचढाव भइरहेको छ । 

गत बुधबार कच्चा तेलको मूल्यमा भारी गिरावट आएको थियो । योसँगै तेलको भाउ ८ महिनायताकै न्यून स्तरमा पुगेको छ । 

फेरि बिहीबार र शुक्रबार भने तेलको मूल्यमा सामान्य वृद्धि भएरको छ । यद्यपि प्रतिब्यारल कच्चा तेलको मूल्यमा ९० डलरभन्दा तल नै कारोबार भइरहेको छ ।  

चीनमा शून्य–कोभिड नीतिमा बढेको जोड र बन्दीबीच विभिन्न देशका केन्द्रीय बैंकहरूले ब्याजदरमा गरेको आक्रामक वृद्धिले तेलको भाउमा गिरावट आएको हो । 

जसका कारण गत बुधबार कच्चा तेलको मूल्य आठ महिनाकै न्यून बिन्दुमा पुगेको थियो । तर, बिहीबार कच्चा तेलमा भने केही सुधार देखिएको छ । 

शुक्रबार पनि कच्चा तेलको मूल्यमा सामान्य वृद्धि भएको छ । शुक्रबार ब्रेन्ट तेल ०.५७ प्रतिशत वा ०.५१ डलरले प्रतिब्यारेल ८९.६८ डलरमा कारोबार भएको देखिएको छ । 

त्यस्तै डब्ल्यूटीआई प्रतिब्यारेल ८३.५ डलरको आसपासमा कारोबार भइरहेको छ।

३ बर्ष अगाडि

प्रतिक्रिया