काठमाडौं- ललितपुरको जावलाखेलमा कोरियन बार्बी क्यू रेष्टुरेन्ट शुभारम्भ भएको छ । आज (बुधबार) ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनद्धारा एक भव्य कार्यक्रमबीच समुद्धाटन समारोह सम्पन्न भएको हो ।
कोरियन संस्कृति र मौलिकतालाई नजिकबाट झल्काउने गरी कोरियन पोशाक, चित्रकला सहित आकर्षक सजावटमा कोरियन खानाका स्वाद पस्कदै रेष्टुरेन्टको सञ्चालन सुचारु भएको छ ।
लामो समय कोरियामा कार्यरत यस रेष्टुरेन्टका सञ्चालक प्रेम गुरुङ नेपाल मै पनि कोरियन खानाको स्वाद पस्किन यस रेष्टुरेन्टको स्थापना गरेको बताए ।
कोरियन खानाको स्वादको पारखीहरु बढ्दो रुपमा रहेको हुदाँ,यस रेष्टुरेन्टले सम्पूर्ण मौलिक कोरियन खानाहरु पस्कदै आएको छ । कोरियाको झल्को दिने, त्यहाँको संस्कृतिलाई नेपाली सामु चिनाउने लक्ष्यका साथ यस रेष्टुरेन्ट खोलिएको हो । कोरिया रहेर आफैैले सिकेको सीपलाई नेपालमा परिचालन गरि कोरियन बार्बी क्यू रेष्टुरेन्टले थुप्रै युवाहरुलाई रोजगार प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया