एजेन्सी - अन्तर्राष्ट्रिय बजारमा लगातार दुई दिन बढेको कच्चा तेलको मूल्यमा बुधबार फेरि गिरावट आएको छ । यसअघि सोमबार र मंगलबार तेलको मूल्यमा भारी वृद्धि भएको छ ।
ओपेक प्लस देशहरुले तेल उत्पादनमा कटौती गर्ने निर्णय लिने अनुमानले अघिल्लो दुई दिन लगातार तेलको मूल्यमा बढोत्तरी भएको थियो । तर, ओपेकले तेल उत्पादन कटौती गर्ने निर्णय गरेपछि भने तेलको मूल्यमा गिरावट आएको छ ।
विश्व अर्थतन्त्रमा जारी मन्दीका बीच ओपेक प्लस देशहरुले तेलको भाउ बढाउने योजनाका साथ उत्पादन कटौती गर्ने निर्णय गरेका छन् । तेल उत्पादन घटाउन सहमत भएको ओपेक प्लसको यो निर्णयमा रुसले पनि समर्थन गरेको छ । यद्यपि तेलको मूल्य बढाउने ओपेकको योजना विफल साबित भएको छ ।
आज बुधबार ब्रेन्ट क्रुड १.०६ प्रतिशतले घटेर ९१.८५ डलर प्रतिब्यारेलमा झरेको छ । अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट (डब्ल्यूटीआई) १.३४ प्रतिशतले घटेर ८५.७२ डलर प्रतिब्यारेलमा झरेको छ ।
प्रतिक्रिया