रूसी ग्यासको भुक्तानी चीनले अब रुबल र युआनमा गर्ने

३ बर्ष अगाडि

एजेन्सी - चीनले अमेरिकी डलरको सट्टा अब रुबल र युआनमा रूसी ग्यासको भुक्तानी गर्ने भएको छ । रसियाको ऊर्जा कम्पनी गाजप्रोमले मङ्गलबार यस्तो बताएको हो । 

युक्रेनमाथि पश्चिमी प्रतिबन्धका कारण मस्कोले बेइजिङसँग घनिष्ठ सम्बन्ध बढाउँन खोजेकाले यस्तो गरेको जनाइएको छ । 

'रुबल र युआन मुद्राहरूमा चीनलाई रूसी ग्यास आपूर्तिको लागि भुक्तान गर्नको लागि तयारी गरिएको छ ।' कम्पनीले विज्ञप्तिमा उल्लेख गरेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया