काठमाडौं - आज सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
हिजो आइतबार प्रतितोला ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज सोमबार प्रतितोला ९३ हजार ७०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।
हिजो आइतबारको तुलनामा आज सोमबार सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको हो । हिजो प्रतितोला ६०० रुपैयाँले बढेको थियो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार २०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि बढेको छ ।
हिजो आइत प्रतितोला १ हजार ११० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ११५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।
प्रतिक्रिया