एजेन्सी - हाल अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउमा लगातार गिरावट आइरहेको छ । अहिले तेलको भाउ प्रतिब्यारल ९५ डलरभन्दा तल झरेको छ ।
यो सँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ प्रतिब्यारल ९० डलरभन्दा तल झर्न सक्ने अनुमान गर्न थालिएको छ ।
दुई हप्ताअघि विश्वकै ठूलो तेल उत्पादक साउदी अरेबियाले कच्चा तेलको भाउ बढ्न सक्ने संकेत गरेको थियो । उसले ओपेक प्लसले कुनै पनि समयमा र कुनै पनि रुपमा तेल उत्पादन कटौती गर्ने निर्णय लिन सक्ने जनाएको छ ।
तेल उत्पादक देशहरुको यो संगठनले ब्रेन्ट कच्चा तेलको मूल्य १०० डलरभन्दा माथि लैजान यस्तो संकेत गरेको थियो । तर, यो साता चीनका विभिन्न सहरमा लगाइएको लकडाउनले मन्दी आउने सक्ने संकेत गरेको छ ।
मागमा कमी आई कच्चा तेलको मूल्य ९० डलरभन्दा तल आउने सम्भावना रहेको विशेषज्ञहरुले बताएका छन् ।
प्रतिक्रिया