काठमाडौं - आज आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
गत शुक्रबार प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज आइतबार प्रतितोला ९३ हजार ६०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।
गत शुक्रबारको तुलनामा आज आइतबार सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार १०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि बढेको छ ।
गत शुक्रबार प्रतितोला १ हजार १०५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ११० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।
प्रतिक्रिया