के.एफ.सी.को १४औं शाखा बुटवलमा

३ बर्ष अगाडि

काठमाडौं - अन्तराष्ट्रिय फुड चेन ब्रान्ड के.एफ.सी.ले नेपालमा १४औं शाखा बिस्तार गरेको छ । 

बुटवल  उपमहानगरपालिका वडा नं ८, सुख्खानगर स्थित भाटभटेनी भाट–भटेनी डिपार्टमेन्टल स्टोरको छेउमा खोलिएको के।एफ।सी। रेस्टुरेन्ट विश्वमै सबैभन्दा स्वादिष्ट चिकेन परिकारको उपलब्ध गराउने रेस्टुरेन्टका रुपमा परिचित छ ।

 यस आउटलेटमा के।एफ।सि।का बिभिन्न चिकेन परिकार जस्तै Hot and Crispy Chicken, Chicken Popcorn, Chicken Strips लगायत बर्गर र अन्य परिकारको आनन्द लिन सकिनेछ । 

के।एफ।सी।ले आफ्ना गा्रहकका लागी विभिन्न स्वादिष्ट परिकारहरुहरु उपलब्ध गराउँदै कोभिड १९ को रोकथामकालागी  विश्व स्तरिय सुरक्षा नीति समेत अवलम्बन गरको छ । जसका लागी ४ प्रकारका सुरक्षा मापदण्डहरु स्वच्छता, जाँच, सामाजिक दुरी र कन्ट्याटलेस सेवा जस्ता मापदण्डलाई अनिवार्य गरिएको छ ।

 रेस्टुरेन्टले प्रत्येक ३० मिनेटमा आफ्ना टेबल, काउन्टर, ढोका र त्यसका ह्यान्डलहरु जस्ता सतहको सरसफाइ निर्मलिकरण गर्ने गर्दछ । के।एफ।सी।का कर्मचारीहरुले हरेक गा्रहकलाई सेवा दिए पश्चात आफ्ना हात र झोला  निर्मलिकरण गर्ने गर्दछन् । 

हरेक गा्रहक बिच ६ फिटको सामाजिक दुरी कायम गर्दै रेस्टुरामा आउने ग्राहक र सेवामा रहेका कर्मचारी बिच समाजिक दुरी कायम राख्न स्टिकर लागयत समानको प्रयोग गरि अझ ब्यवस्थित गरिएको छ । 

१८८० वर्ग फिट मा खोलिएको यो रेस्टुरेन्टमा एक पटकमा ६५ जना ग्राहकहरुले सेवा लिन सक्नेछन् । रेटुरेन्टले हाल विहान १० बजे बाट रातको  १० बजे सम्म डाइन–इन र टेक अवे  मार्फत सेवा दिइरहेको छ । 

साथै भोज डिल मार्फत डेलिभरी सेवा मार्फत घरै बसेर विश्वस्तरिय परिकारको मज्जा लिन सकिनेछ ।  

३ बर्ष अगाडि

प्रतिक्रिया