उद्योग विभागमा ९०० जनालाई रोजगारी दिने प्रतिबद्धता, पौने ११ अर्ब लगानी

३ बर्ष अगाडि

काठमाडौं, उद्योग विभागमा ९०० जनालाई रोजगारी दिने प्रतिबद्धतासहित ८ दिनमा १४ वटा उद्योग दर्ता भएका छन्। भदौ २ गतेदेखि भदौ ९ गतेसम्म यी उद्योग दर्ता भएका हुन् । 

स्वदेशी तथा विदेशी लगानीका यी उद्योगले ९०० जनालाई रोजगारी दिने प्रतिबद्धता गरेको विभागले जनाएको छ। 

विभागका अनुसार यी १४ वटा उद्योगमा १० अर्ब ६७ करोड ४९ लाख रुपैयाँ लगानीको प्रतिबद्धता जनाइएको छ।

३ बर्ष अगाडि

प्रतिक्रिया