सुनको मूल्य तोलामा ८०० रुपैंयाले घट्यो, चाँदीको मूल्यमा पनि गिरावट

३ बर्ष अगाडि

काठमाडौं, नेपाली बजारमा बुधबार सुनचाँदी दुवैको मूल्यमा गिरावट आएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको हो। योसँगै सुनको प्रतितोला मूल्य ९४ हजार रुपैयाँ कायम भएको छ  । हिजो मंगलबार सुनको मूल्य प्रतितोला ९४ हजार ८०० रुपैंया रहेको थियो । 

आज तेजावी सुनको मूल्य ९३ हजार ५०० रुपैयाँमा झरेको छ। 

आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेर १ हजार १३० रुपैयाँ कायम भएको छ। हिजो चाँदीको मूल्य स्थिर रहँदै १ हजार १४५ रुपैयाँमा किनबेच भएको थियो। 
 

३ बर्ष अगाडि

प्रतिक्रिया