सवारी साधन, रक्सी र मोबाइलको आयातमा लागाएको प्रतिबन्धलाई निरन्तरता, के के मा खुल्ला भायो ?

३ बर्ष अगाडि

सरकारले सवारी साधन, रक्सी र मोबाइलको आयातमा लागाएको प्रतिबन्धलाई निरन्तरता दिने निर्णय गरेको छ । 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यसअघि प्रतिबन्ध लगाइएकामध्ये सवारी साधनमा मोटरसाइकल, गाडी, मोबाइल र रक्सीको आयात प्रतिबन्ध कायम गरेको स्रोतले जनाएको छ । 

१० प्रतिबन्धित वस्तुहरुमध्ये कुरकुरे, लेज, चुरोट तथा सुर्तीजन्य वस्तु, हिरा, ३२ इन्च माथिका रंगीन टेलिभिजन समेत सोमबारको मन्त्रिपरिषद्को निर्णयसँगै आयात खुल्ला भएको छ ।

विदेशी मुद्रा सञ्चिति घटेर भुक्तानी सन्तुलनमा चाप परेको भन्दै सरकारले गत वैशाख १३ मा विभिन्न १० वस्तुको आयातमा रोक लगाउने निर्णय गरेको थियो । 

आयात प्रतिबन्ध लगाएका वस्तुहरुमा कुरकुरे, लेज, सबै प्रकारका तयारी मदिरा, चुरोट तथा सुर्तीजन्य वस्तु, हिरा, स्मार्टफोन, ३२ इन्च माथिका रंगीन टेलिभिजन, जिप, कार र भ्यान, १५० सीसीमाथि मोटरसाइकल, सबै प्रकारका खेलौना, तास र ३ सय डलरभन्दा बढी मूल्यका स्मार्टफोन रहेका थिए । 

साउन १ बाट लागू हुने गरी सरकारले फेरि १५० सीसीमाथिका मोटरसाइकल र २ सय डलरभ्न्दा बढी मूल्यका स्मार्टफोन समेत आयात गर्न थप प्रतिबन्ध लगाइएको थियो ।

३ बर्ष अगाडि

प्रतिक्रिया