बिग डिजिटलको दोस्रो शाखा भक्तपुरको कमलविनायकमा

३ बर्ष अगाडि

नेपालकै सबैभन्दा ठूलो मल्टीब्राण्ड सपिङ्ग स्टोर बिग डिजिटलको दोस्रो शाखा आजदेखि कमलविनायक, भक्तपुरमा शुभारम्भ भएको छ । बिग डिजिटलका प्रबन्ध निर्देशक शैलेस सांघाई तथा ब्राण्ड एम्बेसेडर नायिका स्वस्तिमा खड्काले भक्तपुरको कमलविनायकमा यस स्टोरको दोस्रो शाखा एक समारोह बीच उद्घाटन गरेका हुन् । सोही समारोहमा दश वटा अन्र्तराष्ट्रिय ब्राण्डहरुसंग पनि बिग डिजिटलले सहकार्यको घोषणा गरेको छ ।

समारोहमा बोल्दै खड्काले बिग डिजिटलले उच्च कोटीको उत्पादनहरु ग्राहकलाई पस्कदै निरन्तर प्रगतिको शिखहरु आरोहरण गदै जाओस भन्ने शुभकामना व्यक्त गरिन् ।

त्यसैगरी, शैलेस सांघाईले अन्र्तराष्ट्रियस्तरका विविध ब्राण्डहरु सहज र सरल ढंगले नेपाली ग्राहकलाई उपलब्ध गराउने ध्येयले यस स्टोरको स्थापना गरिएको जनाए । उनले भने, 'नेपाली ग्राहकहरुको बद्लिँदो इच्छा एवं आकांक्षालाई परिपूर्ति गर्दै बिग डिजिटलले नेपालको सपिङ्ग क्षेत्रमा नै नयाँ मापदण्ड सिर्जना गर्नेमा हामी विश्वस्त छौँ ।'

यस सपिङ स्टोरमा ९० भन्दा बढी अन्तर्राष्ट्रिय ब्राण्डका घरायसी सामग्री, मोबाइल फोन, ल्यापटम टिभी  र बाद्यबादन  लगायतका उत्पादनहरु उपलब्ध छन् ।

ग्राहकहरुले खरिद गर्दा लक्की  ड्र मार्फत  विभिन्न आकर्षक उपहारहरु जित्न सक्ने छन् ।  वा सय प्रतिशत नगद फिर्ता पनि प्राप्त गर्न सक्नेछन् । त्यसै गरी उनीहरुले खरिद गरेको समानको घरमा निशुल्क डेलिभरी र जडानको सुविधा पनि पाउने छन् । 

देशका सातवटै प्रदेशहरुमा नयाँ स्टोरहरुको स्थापना गर्ने दीर्घकालीन योजना सहित अघि बढेको बिग डिजिटलले निकट भविष्यमा काठमाडौँ उपत्यकाभित्र ४ वटा नयाँ शाखाहरु विस्तार गर्ने योजना रहेको छ । जसमध्ये यही आउने भदौ १७ गते पुल्चोक ललितपुर र घटस्थापनाका दिन सितापाईलामा नयाँ शाखा उद्घाटन गर्ने योजना रहेको हो । 

३ बर्ष अगाडि

प्रतिक्रिया