अमेरिकापछि अस्ट्रेलियामा पनि आर्थिक मन्दीको संकेत

३ बर्ष अगाडि

एजेन्सी - अमेरिकापछि अब अस्ट्रेलियामा पनि आर्थिक मन्दीको संकेत देखिएको छ । 

रियल स्टेट बजारमा ग्राहकको उदासीनता प्रस्ट देखिन्छ । आम्दानी अनुपातमा कर्जा  १८७.२ प्रतिशतको रेकर्ड वृद्धिले जोखिम बढाएको छ । 

सन् १९९१ को मन्दीपछि पहिलोपटक यस्तो अवस्था अस्ट्रेलियामा देखिएको छ । यसको मुख्य कारण ब्याजदर वृद्धि, आम्दानीभन्दा कर्जाको दर बढी हुनु र महँगीलाई मानिएको छ । 

सिड्नीको रियल स्टेट बजारमा सबैभन्दा बढी प्रभाव परेको देखिएको छ । त्यहाँ पछिल्लो तीन महिनामा घरको मूल्य ५ प्रतिशतले घटेको छ । जब कि राष्ट्रियस्तरमा यो गिरावट २ प्रतिशतमात्र छ । 

अस्ट्रेलियाको केन्द्रीय बैंकले दुई साताभित्र दोस्रोपटक ब्याजदर बढाएकोले यो गिरावट आगामी महिनामा पनि जारी रहने सम्भावना छ ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया