विश्वका केही भागमा ऊर्जाको मूल्यवृद्धि भएपछि साउदीको अर्थतन्त्रमा परिवर्तन

३ बर्ष अगाडि

एजेन्सी - पछिल्लो समय रियल स्टेट बजार साउदी अरबको आम्दानीको सबैभन्दा ठूलो स्रोत बन्दै गएको छ । 

विश्वका केही भागमा ऊर्जाको मूल्यवृद्धि भएपछि अहिले साउदीको अर्थतन्त्रमा पनि परिवर्तन आएको छ । हालै रियादको नयाँ अब्दुलसलाम अल्माजेदमा ३०० अपार्टमेन्ट फटाफट बिक्री भएको छ । 

एउटा अपार्टमेन्टको मूल्य १ लाख रियाल थियो । विश्वको सबैभन्दा ठूलो तेल उत्पादक देश साउदी अहिले रियल स्टेटको पनि ठूलो बजार बन्न थालेको छ ।

विज्ञहरूका अनुसार यो आर्थिक र सामाजिक परिवर्तनले साउदी अरबलाई नयाँ पहिचान दिइरहेको छ । यसको एउटा कारण साउदी क्राउन प्रिन्स मोहम्मद बिन सलमानद्वारा सुरु गरिएका कार्यक्रमहरु पनि हुन् । 

जसको उद्देश्य देशलाई नयाँ अनुहारमा ढाल्नु हो । अल्माजेद रेसिडेन्सको विकास गरेका अल्माजेद भन्छन्, ‘अहिले यहाँ मानिसको सोचमा परिवर्तन आएको छ ।’

रुस र युक्रेनबीच जारी युद्धपछि विश्वभर महँगी बढ्दै गएको छ । यस वर्ष तेलको मूल्य प्रतिब्यारेल १०० डलर पुगेको छ र साउदी अरेबियाले यसको प्रत्यक्ष फाइदा उठाएको छ ।

 यो अहिले जी–२० मा सबैभन्दा छिटो विकास गर्ने देश बनेको छ । दोस्रो त्रैमासिकमा जीडीपी ११।८ प्रतिशत पुगेको छ । साउदी अरबको तेल कम्पनी अरामको सबैभन्दा बढी लाभान्वित भएको थियो । 

साउदीमा करोडौँ डलर आउँदैछ र यहाँ लगानी बढिरहेको छ ।


 

३ बर्ष अगाडि

प्रतिक्रिया