फेरी बढ्यो सुनचाँदीको मूल्य, तोलाको कति ?

३ बर्ष अगाडि

काठमाडौं - आज विहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । 

हिजो बुधबार प्रतितोला ९५ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज विहीबार प्रतितोला ९५ हजार ८०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।

हिजो बुधबारको तुलनामा आज विहीबार सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको हो । हिजो प्रतितोला ३०० रुपैयाँले बढेको थियो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार ३०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि बढेको छ ।

हिजो बुधबार प्रतितोला १ हजार १६५ रुपैयाँमा कारोबार भएको चाँदी आज विहीबार प्रतितोला १० रुपैयाँले बढेर प्रतितोला १ हजार १७५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया