काठमाडौं- मंगलबार नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य ओरालो लागेको छ ।
हिजो प्रतितोला ९५ हजार ३०० रुपैंयामा कारोबार भएको सुनको मूल्य आज तोला ३०० रुपैंयाले घटेर प्रतितोला ९५ हजार रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।
तेजावी सुनको मूल्य आज ९४ हजार ५०० रुपैंया भएको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेर १ हजार १६० रुपैयाँ कायम भएको छ। हिजो पनि तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार १६५ रुपैयाँमा किनबेच भएको थियो।
प्रतिक्रिया