मन्दीको चिन्ताका कारण कच्चा तेलको मूल्य घट्यो, चीनमा माग घट्न सक्ने

३ बर्ष अगाडि

एजेन्सी - विश्वव्यापी रुपमा आर्थिक मन्दी बढ्दै गइरहेको छ । सम्भावित विश्वव्यापी मन्दीको चिन्ताका कारण कच्चा तेलको मूल्य घटेको छ । 

ब्रेन्ट कच्चा तेलको मूल्यप्रति ब्यारेल ९१.५१ डलर रहेको छ । यो एक साताअघिको मूल्यभन्दा ६ प्रतिशतले कम हो । गत अगस्ट १० मा ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल ९७।४० डलर थियो । 

तर, गत बिहीबार बिहान ब्रेन्ट क्रुडको भाउमा सामान्य वृद्धि भएको थियो र प्रति ब्यारेल ९३.६८ डलरमा कारोबार भएको थियो । चीन संसारमा सबैभन्दा ठूलो कच्चा आयात गर्ने देश हो । 

चीनको अर्थतन्त्रमा आएको मन्दीका कारण इन्धनको मागमा ठूलो गिरावट आउन सक्ने देखिएको छ । यसको प्रत्यक्ष असर पेट्रोलियम पदार्थको मूल्यमा पर्न सक्छ । अर्थात् इन्धनको माग घट्दा भाउमा अझै गिरावट आउन सक्छ । 


 

३ बर्ष अगाडि

प्रतिक्रिया