सुनको मूल्य स्थिर हुँदा घट्यो चाँदी, कतिमा हुँदैछ कारोबार ?

३ बर्ष अगाडि

काठमाडौं - आज आइतबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । 

गत शुक्रबार प्रतितोला ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज आइतबार पनि प्रतितोला सोही मूल्यमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।

महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य भने घटेको छ ।

गत शुक्रबार प्रतितोला १ हजार १८५ रुपैयाँमा कारोबार भएको चाँदी आज आइतबार प्रतितोला १५ रुपैयाँले घटेर प्रतितोला १ हजार १७० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया