अमेरिकामा पुराना घरको बिक्री सुस्तायो

३ बर्ष अगाडि

एजेन्सी - अमेरिकामा पुराना घरको बिक्री सुस्ताएको छ । जुलाईमा मानिसहरू बसिरहेका घरको बिक्री ४८ लाख १० ओटा रहेको छ । यो अघिल्लो महीनाको तुलनामा ५.९ प्रतिशत कम भएको नेशनल एशोसियशन अफ रियल्टर्स (एनएआर)ले बताएको छ ।

समीक्षा अवधिको घर बिक्री अर्थशास्त्रीहरूले गरेको अनुमानभन्दा कम भएको फ्याक्टसेटले बताएको छ । गत वर्षको सोही अवधिको तुलनामा भने समीक्षा अवधिको बिक्री २०.२ प्रतिशत कम हो । योसँगै अमेरिकामा घरको बिक्री लगातार छैठौं महीना पनि घटेको छ ।

अहिले घरको बिक्री घटेर कोरोना भाइरसको महामारी शुरु भएयताकै न्यून स्तरमा आएको छ । यसअघि अमेरिकाको घरजग्गा बजारमा सन् २०१३ को अगस्टदेखि सन् २०१४ को जनवरीको बीचमा लगातार ६ महीना घरको बिक्री घटेको थियो । अमेरिकाको सबैभन्दा महँगो घर बजार रहेको पश्चिम भेगमा खासगरी बिक्री धेरै घटेको छ ।

गत वर्षको सोही अवधिको तुलनामा यी क्षेत्रमा घरको बिक्री ३० प्रतिशतले घटेको छ । घर जग्गा बजारले लय गुमाइरहेको भए पनि घरको मूल्य भने तीव्र दरले बढ्ने क्रम जारी छ । 

गत वर्षको सोही अवधिको तुलनामा जुलाईको घरको औसत मूल्य १०.८ प्रतिशतले बढेर ४ लाख ३ हजार ८०० डलरमा आएको छ । यो वृद्धिदर वर्षको अघिल्ला महीनाको तुलनामा सुस्त हो ।

यस वर्षको उत्तरार्द्धमा अमेरिकामा घरको मूल्य गत वर्षको सोही अवधिको तुलनामा मासिक बिक्री २० प्रतिशत आसपास बढेको थियो । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया