पाकिस्तानले हटायो विलासी वस्तुको आयातमा प्रतिबन्ध

३ बर्ष अगाडि

एजेनसी - पाकिस्तानी अर्थमन्त्री मिफ्ताह इस्माइलले बिहीबार गैर–आवश्यक र विलासिताका सामानहरूको आयातमा प्रतिबन्ध हटाउने घोषणा गरेका छन् ।

मे महिनामा लगाइएको प्रतिबन्धको उद्देश्य वैदेशिक मुद्रा जोगाउने थियो । प्रतिबन्ध लगाइएको अवस्थामा शेहबाज सरिफ सरकारले मुख्यतया जनसङ्ख्यालाई आधारभूत आवश्यकताहरू उपलब्ध गराउने विषयमा सोचिरहेको इस्माइलले बताएका छन् ।

पाकिस्तानका सङ्घीय मन्त्रीले अन्तर्राष्ट्रिय मुद्रा कोष ९आईएमएफ० को माग अनुसार प्रतिबन्ध लगाइएको र अन्तर्राष्ट्रिय समुदायको आह्वानका कारण हटाइएको बताएका छन् ।

कार, मोबाइल फोन, इलेक्ट्रोनिक उपकरणका साथै माछा र मासु लगायत पूर्ण रूपमा निर्मित वस्तुहरूको आयात घटाउन सरकारले धेरै वस्तुहरूमा उच्च भन्सार लगाउने इस्माइलले बताएका छन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया