एयरपोर्ट हुँदै भित्रिने मोबाइलमा पनि शुल्क लाग्ने,भदौपछि मोबाइल दर्ता गर्न ३० दिनको समय

३ बर्ष अगाडि

नेपाल दूरसञ्चार प्राधिकरणले नेपालको मोबाइल बजारलाई नियामन गर्ने मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) कार्यान्वयनमा ल्याउने भएसँगै भदौपछि भित्रिने मोबाइल दर्ताका लागि एक महिनाको समय दिने भएको छ ।

भदौंपछि वैदेशिक रोजगारीमा गएकाले तथा विदेशबाट एयरपोर्ट र खुल्ला सिमा हुँदै नेपाल ल्याउने फोन अनिवार्य दर्ता गर्नुपर्ने भएको हो ।

प्राधिरकणले भदौं ३० गतेदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट प्रणाली लागु गर्दैछ ।

केहि दिन अघि प्राधिकरण र मोबाइल व्यवसायीबीच भएको छलफलमा इम्पोर्टर मोडमा एमडिएमएस लागु गर्ने तयारी छ । भदौपछि नेपालमा टाइप एप्रुभल पाएका फोनहरु एमडिएमएसको नेटवर्कमा आधारित भएर सञ्चालन हुने प्राधिकरणले जनाएको छ ।

त्यस्तै, नेपाल आउने पर्यटकको हकमा ३० दिनसम्म मोबाइल दर्ता नभएपनि विदेशी पर्यटकको मोबाइल चल्ने छ ।

एमडिएमएस लागु भएपछि भदौ ३० गतेपछि विदेशबाट र सिमाबाट एक दुई पिस मोबाइल ल्याउनेले पनि १३ प्रतिशत भ्याट र ५ प्रतिशत अन्तःशुल्क सहित १८ प्रतिशत कर तिरेर मात्रै मोबाइल दर्ता गर्न पाउने गरी दूरसञ्चार प्राधिकरणले प्रक्रिया अघि बढाएको जनाएको छ । 

प्राधिकरण विमानस्थल हुँदै आउने मोबाइललाई पनि कडाइ गर्ने नीति लिएको हो ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया