काठमाडौं- मंगलबार अर्थात साउन महिनाको अन्तिम दिन( ३१ गते) सुनचाँदी दुवैको मूल्य घटेको छ ।
हिजो (सोमबार) प्रतितोला ९७ हजार ४०० रुपैंयामा कारोबार भएको सुनको मूल्य आज तोलामा ७०० रुपैंयाले घटेर प्रतितोला ९६ हजार ७०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।
तेजावी सुनको मूल्य आज ९६ हजार २०० रुपैंया रहेको छ ।
यस्तै, चाँदीको मूल्य पनि आज तोलामा १५ रुपैंयाले घटेर १ हजार २२० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ । हिजो चाँदीको मूल्य प्रतितोला १ हजार २३५ रुपैंया रहेको थियो ।
प्रतिक्रिया