घट्यो सुनचाँदीको मूल्य, तोलाको कति ?

३ बर्ष अगाडि

काठमाडौं - आज विहीबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । 

हिजो बुधबार प्रतितोला ९७ हजार १०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज विहीबार प्रतितोला ९६ हजार ६०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।

हिजो बुधबारको तुलनामा आज विहीबार सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार १०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि घटेको छ ।  

हिजो बुधबार प्रतितोला १ हजार २३० रुपैयाँमा कारोबार भएको चाँदी आज विहीबार प्रतितोला ५ रुपैयाँले घटेर १ हजार २२५ रुपैयाँमा हुने महासङ्घले जनाएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया