सुनको मूल्य प्रतितोला ९७ हजार नाघ्यो, चाँदी कति ?

३ बर्ष अगाडि

काठमाडौं - आज बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । 

हिजो मंगलबार प्रतितोला ९६ हजार ९०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज बुधबार प्रतितोला ९७ हजार १०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।

हिजो मङ्गलबारको तुलनामा आज बुधबार सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ६०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य भने घटेको छ ।  

हिजो मंगलबार प्रतितोला १ हजार २४० रुपैयाँमा कारोबार भएको चाँदी आज बुधबार प्रतितोला १० रुपैयाँले घटेर १ हजार २३० रुपैयाँमा हुने महासङ्घले जनाएको छ ।

 

३ बर्ष अगाडि

प्रतिक्रिया