तोलामा ६०० रुपैंयाले बढ्यो सुनको मूल्य, चाँदीको मूल्य पनि वृद्धि

३ बर्ष अगाडि

काठमाडौं- मंगलबार नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य बढेको छ ।

हिजो अर्थात सोमबार प्रतितोला ९६ हजार ३०० रुपैंयामा कारोबार भएको सुनको मूल्य आज (मंगलबार) तोलामा ६०० रुपैंयाले बढेर प्रतितोला ९६ हजार ९०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । 

तेजावी सुनको मूल्य आज ९६ हजार ४०० रुपैंया रहेको छ ।

मंगलबार चाँदीको मूल्य पनि ह्वात्तै बढेको छ । हिजो प्रतितोला १ हजार २०५ रुपैंयामा कारोबार भएको सुनको मूल्य आज तोलामा नै ३५ रुपैंयाले बढेर प्रतितोला १ हजार २४० रुपैंयामा कारोबार हुने महासंघले जनाएको हो ।

३ बर्ष अगाडि

प्रतिक्रिया