आज सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

३ बर्ष अगाडि

काठमाडौं - आज सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । 

हिजो आइतबार प्रतितोला ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज सोमबार पनि प्रतितोला सोही मूल्यमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । 

महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ८०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि स्थिर रहेको ।  

हिजो आइतबार प्रतितोला १ हजार २०५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि प्रतितोला सोही मूल्यमा कारोबार हुने महासङ्घले जनाएको छ ।

 
३ बर्ष अगाडि

प्रतिक्रिया