सुनको मूल्य बढ्दा घट्यो चाँदी, कतिमा हुँदैछ कारोबार ?

३ बर्ष अगाडि

काठमाडौं - आज सातको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । 

गत शुक्रबार प्रतितोला ९६ हजार १०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज आइतबार प्रतितोला ९६ हजार ३०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । 

गत शुक्रबारको तुलनामा आज आइतबार सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ८०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य भने घटेको छ ।  

गत शुक्रबार प्रतितोला १ हजार २१० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला ५ रुपैयाँले घटेर प्रतितोला १ हजार २०५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया