एजेन्सी - बंगलादेशमा पेट्रोल र डिजेलको मूल्यमा भएको भारी वृद्धिपछि देशभर हिंसात्मक प्रदर्शन भएको छ ।
सरकारले शुक्रबार पेट्रोलमा ५१.७ प्रतिशत र डिजेलको मूल्य ४२.५ प्रतिशतले बढाएको थियो । शनिबार पेट्रोलियम पदार्थको मूल्यवृद्धि लागू हुनुअघि देशभरका पेट्रोल पम्पमा ठूलो संख्यामा मानिस पुगेका थिए ।
यसैलाई मध्यनजर गर्दै केही पेट्रोल पम्पले पेट्रोल र डिजेल बिक्री बन्द गरेपछि विरोध प्रदर्शन भएको थियो । पेट्रोल र डिजेलको मूल्यमा भएको यो भारी बृद्धिले लाखौं जनताको जनजीवन प्रभावित भएको आन्दोलनकारीले बताएका छन् ।
प्रतिक्रिया