सुनको मूल्य बढ्दा चाँदी स्थिर, कतिमा हुँदैछ कारोबार ?

३ बर्ष अगाडि

काठमाडौं - आज विहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । 

हिजो बुधबार प्रतितोला ९५ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज विहीबार प्रतितोला ९६ हजार १०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । 

हिजो बुधबारको तुलनामा आज विहीबार सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ६०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ ।  

हिजो बुधबार प्रतितोला १ हजार २१० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार हुने महासङ्घले जनाएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया