पेट्रोलियम ढुवानीको भाडा बढाउन आज साँझसम्मको अल्टिमेटम, ढुवानी ठप्प पार्ने चेतावनी

३ बर्ष अगाडि

काठमाडौं - पेट्रोलियम ढुवानी व्यवसायी महासंघले पेट्रोलियम ढुवानीको भाडा बढाउन नेपाल आयल नियमलाई आज आइतबार साँझसम्मको अल्टिमेटम दिएको छ । भाडा नबढे साउन २१ गतेबाट पेट्रोलियम पदार्थको ढुवानी ठप्प पार्ने महासंघले चेतावनी दिएको छ ।

महासंघद्वारा जारी विज्ञप्तिमा बढेको पेट्रोलियम पदार्थको मूल्यअनुसार ढुवानी भाडा समायोजन नगरिँदा आफूहरुलाई नोक्सानी भएको जनाइएको छ । सञ्चालक समितिमा विचाराधीन भाडा समायोजनको मुद्दा आइतबारसम्म सम्बोधन नभए साउन २१ गतेबाट देशभरको पेट्रोलियम ढुवानी रोक्ने विज्ञप्तिमा विज्ञप्तिमा चेतावनी दिइएको छ ।

महासंघले चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । जसअनुसार ढुवानी भाडा वृद्धि नभए साउन १६ गतेबाट हवाई इन्धनको पीडीओ ९अग्रिम खरिद अनुमति० नलिने र ढुवानी रोक्ने, साउन २० गतेबाट सबै खाले इन्धनको पीडीओ ९अग्रिम खरिद अनुमति० नलिने र ढुवानी रोक्ने तथा साउन २१ गतेबाट देशैभरको पेट्रोलियम ढुवानी रोक्ने कार्यक्रम छ । 

महासंघले ३ देखि १० प्रतिशतसम्म भाडा वृद्धि हुनुपर्ने जनाएको छ । महासंघले आफ्ना मागबारे शुक्रबार साँझ निगमलाई जानकारी गराइसकेको छ । 


 

३ बर्ष अगाडि

प्रतिक्रिया