बजारमा नयाँ उत्पादन उपलब्ध गराउने हिताचीको घोषणा

३ बर्ष अगाडि

काठमाडौं - जापानी बहुराष्ट्रिय समूह हिताचीले आफ्ना नयाँ उत्पादनहरू नेपाली बजारमा उपलब्ध गराउने भएको छ । नेपालमा हिताची होम अप्लाइन्सेसको आधिकारिक वितरक युनिभर्सल इलेक्ट्रोकम प्रा।लीले शुक्रबार एक कार्यक्रमबिच हिताचीका नयाँ उत्पादन नेपाली सेवाग्राहीहरुका लागि उपलब्ध गराउने घोषणा गरेको हो ।

मूख्य गरि हिताचीले चारवटा नयाँ उत्पादनहरू हिताची माइक्रोवेभ ओभनका ४ मोडल, हिताची फ्रन्ट लोड अटोमेटिक १२ केजी वासिङ मेसिन, हिताची फ्रेन्च बटम रेफ्रिजरेटर र हिताची कर्डलेस स्टिक भ्याक्युम क्लिनर नेपाली बजारमा उपलब्ध गराएको हो । साथै कम्पनीले सामन बिक्री पश्चात राम्रो हेरचाहको र नयाँ अविस्कारी प्रविधिहरूलाई ग्राहक समक्ष पुर्‍यनने प्रतिज्ञा गरेको छ ।

उक्त कार्यक्रममा ए।एच।एस।जीका प्रबन्धक निर्देशक चेन टेक बेङ, व्यापार विकास विभाग (निर्यात व्यापार) का महाप्रबन्धक तरुण जैन र व्यापार विकास विभाग (निर्यात व्यवसाय) का वरिष्ठ प्रबन्धक एलविन थाम उपस्थित रहेको थियो ।

कार्यक्रममा हिताचीले चाँडै नै बजारमा उपलब्ध हुने चार वटा विभिन्न उत्पादनको घोषणा गरेको थियो । उत्पादनहरूमा हिताची माइक्रोवेभ ओभनका ४ मोडल, हिताची फ्रन्ट लोड अटोमेटिक १२ केजी वासिङ मेसिन, हिताची फ्रेन्च बटम रेफ्रिजरेटर र हिताची कर्डलेस स्टिक भ्याक्युम क्लिनर समावेश छन् ।

हिताचीले नेपाली प्रयोगकर्ताहरूलाई विश्वव्यापी पाइने उत्कृष्ट उत्पादनहरू उपलब्ध गराउन नेपालमा आफ्नो सञ्चालनलाई थप मजबुत बनाउने योजना रहेको बताएको छ । ग्राहकको सन्तुष्टि आफ्नो उच्च प्राथमिकतामा रहेको जनाउँदै हिताचीले आफ्ना ग्राहकहरूलाई अझ राम्रो बिक्री सेवा र बिक्रीपछिको हेरचाह दिने प्रतिज्ञा गरेको छ । 

हरेक नेपाली घरपरिवार माझ नयाँ अविस्कारी प्रविधिहरू नजिक ल्याउने उद्देश्यका साथ हिताचीले विविधता र गुणस्तरयता सुनिश्चित गर्दै आगामी दिनहरूमा लागिपर्ने पनि बताएको छ । रमेश कर्पका कार्यकारी निर्देशक सञ्जय अग्रवाल भन्छन्, “हामी नेपालका हाम्रा सबै ग्राहकका लागि गुणस्तरीय उत्पादन लाइन अप र बिक्रीपछिको सेवा सुनिश्चित गर्न कडाइका साथ काम गर्नेछौँ ।”

हिताचीले उसको सम्पूर्ण उत्पादनहरूमा विशिष्ट गुणस्तर कायम राख्ने गर्दछ । त्यसका कारण उसका सबै उपकरणहरूको बजारमा ठुलो अपिल रहेको छ । ग्राहकको बजेट वा आवश्यकता जस्तोसुकै भए पनि, हिताचीसँग उनीहरूका लागि कुनै न कुनै उपकरण पक्कै छ । 

नयाँ रिलिजहरू, र अहिलेका विद्यमान उपकरणहरूको साथ, हिताचीले अत्याधुनिक प्रविधि, नवप्रवर्तन, र ग्राहक सेवाद्वारा नेपालको घरेलु उपकरणको बजारमा थप विस्तार गर्ने आफ्नो महत्त्वाकाङ्क्षालाई झन् बलियो बनाएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया