हिजो ८०० ले बढेको सुनको मूल्य आज पनि सोही मूल्यमा वृद्धि, चाँदी कति ?

३ बर्ष अगाडि

काठमाडौं - आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । 

हिजो विहीबार प्रतितोला ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज शुक्रबार प्रतितोला ९५ हजार ६०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । 
 
हिजो विहीबारको तुलनामा आज शुक्रबार सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेको हो । हिजो पनि प्रतितोला ८०० रुपैयाँले नै बढेको थियो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार १०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि बढेको छ । 

हिजो विहीबार प्रतितोला १ हजार १८५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला ३५ रुपैयाँले बढेर पनि प्रतितोला १ हजार २२० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया