ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य, तोलाको कति ?

३ बर्ष अगाडि

काठमाडौं - आज विहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । 

हिजो बुधबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज विहीबार प्रतितोला ९४ हजार ८०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । 
 
हिजो बुधबारको तुलनामा आज विहीबार सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ३०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि बढेको छ । 

हिजो बुधबार प्रतितोला १ हजार १५५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला ३० रुपैयाँले बढेर पनि प्रतितोला १ हजार १८५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

 

३ बर्ष अगाडि

प्रतिक्रिया