एजेन्सी - युरोपेली युनियन (ईयू) का सदस्य राष्ट्रहरु ग्यासको खपतमा कटौती गर्न सहमत भएका छन् ।
रुसले ग्यासको आपूर्ति अवरुद्ध गर्ने संकेत गरेसँगै युरोपेली मुलुकहरुले खपत कम गर्न सहमत भएका हुन । ईयूको यो निर्णय केही देशलाई भने बाध्यकारी हुने छैन ।
युरोपेली मुलुकहरु स्वेच्छिक रुपमा अगस्टबाट मार्चसम्म ग्यासको खपतमा १५ प्रतिशत घटाउन सहमत भएका छन् ।
ईयूको ग्यास पाइपलाइन नपुगेका आयरल्यान्ड, माल्टा र साइप्रसलाई ग्यासको प्रयोग घटाउने सहमति बाध्यकारी हुने छैन । उनीहरुसँग आपूर्तिको वैकल्पिक स्रोत नभएकाले छुट दिइएको जनाइएको छ ।
प्रतिक्रिया