काठमाडौं - आज बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
हिजो मंगलबार प्रतितोला ९४ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज बुधबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।
हिजो मंगलबारको तुलनामा आज बुधबार सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य भने बढेको छ ।
हिजो मंगलबार प्रतितोला १ हजार १५० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला ५ रुपैयाँले बढेर पनि प्रतितोला १ हजार १५५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।
प्रतिक्रिया