विदेशी मुद्राको अभाव झेलिरहेको श्रीलंकाले एक वर्षका लागि पेट्रोल र डिजेल आयातमा अंकुश लगाउने

३ बर्ष अगाडि

एजेन्सी - विदेशी मुद्राको अभाव झेलिरहेको श्रीलंका सरकारले आगामी एक वर्षका लागि पेट्रोल र डिजेल आयातमा अंकुश लगाउने निर्णय गरेको छ ।

श्रीलंका सरकारले जुन २७ गतेदेखि इन्धन र अत्यावश्यक वस्तुको आपूर्तिमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

समाचार एजेन्सी पीटीआईका अनुसार श्रीलंकाका बिजुली तथा ऊर्जामन्त्री कञ्चन विजास्केराले रासन वितरण प्रणालीको घोषणा गर्दै यस्तो प्रतिबन्धको जानकारी दिएका हुन् । 

विजस्केराले सोमबार ट्विट गर्दै दैनिक इन्धनको माग पूरा गर्न नसकिने भएकाले क्यूआर प्रणाली लागू गरिने उल्लेख गरेका छन् । 

आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंका सरकारले इन्धन योजना ल्याएको छ । जसअन्तर्गत शनिबारका दिन साप्ताहिक रासनजस्तै इन्धन वितरण गरिनेछ । 

३ बर्ष अगाडि

प्रतिक्रिया