मंगलबार नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य घटेको छ ।
हिजो अर्थात सोमबार प्रतितोला ९४ हजार ४०० रुपैंयामा कारोबार भएको सुनको मूल्य आज (मंगलबार) तोलामा २०० रुपैंयाले घटेर प्रतितोला ९४ हजार २०० रुवैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।
आज तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ७०० रुपैंया रहेको छ ।
यस्तै, मंगलबार चाँदीको मूल्य पनि ओरालो लागेको हो । आज चाँदीको मूल्य तोलामा ५ रुपैंयाले घटेर १ हजार १५० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ ।
प्रतिक्रिया