व्यापार घाटा २३ प्रतिशतले बढ्यो, १९ खर्ब २० अर्ब ४४ करोडको आयात हुँदा २ खर्ब ३ करोडको निर्यात

३ बर्ष अगाडि

काठमाडौं - गत आर्थिक वर्षमा कुल व्यापार बढेसँगै व्यापार घाटा २३ प्रतिशतले बढेको छ । गत आवमा कुल १९ खर्ब २० अर्ब ४४ करोडको आयात भएकोमा २ खर्ब ३ करोड मात्र निर्यात भएको छ । 

गत आर्थिक वर्षमा मात्र १७ खर्ब २० अर्ब ४१ करोड ७३ लाख ८८ हजार व्यापार घाटा भएको विभागले जनाएको छ । आर्थिक वर्ष ०७७/७८ मा यस्तो घाटा १३ खर्ब ९८ अर्ब ७१ करोड रुपैयाँ मात्रै थियो ।

विभागका अनुसार कूल व्यापारमा निर्यात तथा आयातको योगदान क्रमशः ९।४३ र ९०।५७ प्रतिशत छ । समीक्षा अवधिमा नेपालको निर्यात ४१.७४ प्रतिशतले वृद्धि भई २ खर्ब ३ करोड तथा कूल आयात २४।७२ प्रतिशतले वृद्धि भई १९ खर्ब २० अर्ब ४४ करोड पुगेको छ।

अन्तर्राष्ट्रिय बजारमा भइरहेको मूल्यवृद्धिले पनि व्यापार घाटा बढाउन सघाएको हो ।रुस–युक्रेन द्वन्द्वका कारण पेट्रोलियम पदार्थको मूल्य बढेपछि व्यापार घाटा थप चुलिएको हो ।

३ बर्ष अगाडि

प्रतिक्रिया