काठमाडौं - आर्थिक वर्ष २०७८/७९ मा नेपालको कूल वैदेशिक व्यापार अघिल्लोआर्थिक वर्षको तुलनामा २६.१५ प्रतिशतले बढेको छ ।
भन्सार विभागका अनुसार गत आर्थिक वर्षको असार मसान्तसम्ममा नेपालको कूल वैदेशिक व्यापार २१ खर्ब २० अर्ब ४७ करोड ९३ लाख पुगेको छ ।
अघिल्लो आर्थिक वर्ष २०७७/७८ नेपालको कूल वैदेशिक व्यापार १६ खर्ब ८० अर्ब ९६ करोड ११ लाख रुपैयाँ थियो । अघिल्लो आवमा भन्दा गत आवमा कुल वैदेशिक व्यापार ४ खर्ब ३९ करोडले बढेको हो ।
प्रतिक्रिया