एक वर्षको अवधिमा ३ खर्ब २१ अर्ब रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७८/७९ मा पेट्रोलियम पदार्थको आयातमै ३ खर्ब २१ अर्ब रुपैयाँ बाहिरिएको हो ।
जुन, अघिल्लो आर्थिक वर्षमा पेट्रोलियम पदार्थको आयातबाट बाहिरिएको रकमभन्दा १ खर्ब ५६ अर्ब बढी हो । विभागका अनुसार पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने एलपीजी ग्यास र हवाई इन्धन (एटीएफ) आयातमै ३ खर्ब २१ अर्ब रुपैयाँ बाहिरिएको हो ।
यो गत आर्थिक वर्षको साउन–असारसम्मको अवधिमा बाहिरिएको रकम हो । यस अवधिमा नेपालबाट सबैभन्दा धेरै रकम डिजेलको आयातमा बाहिरिएको छ ।
अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा नेपालले जम्मा १ खर्ब २९ अर्ब ११ करोड रुपैयाँको पेट्रोलियम पदार्थ आयात गरेको थियो । त्यस अवधिमा नेपालले ९१ अर्ब ९४ करोडको डिजेल, ३६ अर्ब ५ करोडको एलपीजी ग्यास, ३२ अर्ब ४४ करोड रुपैयाँको पेट्रोल, ३ अर्ब ६० करोडको हवाई इन्धन र १ अर्ब १३ करोडको मट्टितेल आयात भएको छ ।
यो गत आर्थिक वर्ष २०७८/७९ को तुलनामा १ अर्ब ५६ करोडले बढी हो ।
प्रतिक्रिया