सुनको मूल्य सामान्य घट्दा चाँदी स्थिर, कतिमा हुँदैछ कारोबार ?

३ बर्ष अगाडि

काठमाडौं - आज सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । 

हिजो आइतबार प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज सोमबार प्रतितोला ९४ हजार ४०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । 
 
हिजो आइतबारको तुलनामा आज सोमबार सुनको मूल्य प्रतितोला १०० रुपैयाँले घटेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ९०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । 

हिजो आइतबार प्रतितोला १ हजार १५५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि प्रतितोला सोहि मूल्यमा कारोबार हुने महासङ्घले जनाएको छ ।


 

३ बर्ष अगाडि

प्रतिक्रिया